सुनको मूल्य बढ्यो, चाँदी स्थिर

खोज समाचार
खोज समाचार
2025 October 7, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 274 जनाले हेरेका छन्।
मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रूपैयाँले बढेर दुई लाख ३५ हजार चार सय पुगेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य बढ्यो, चाँदी स्थिर

मंगलबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ भने चाँदीको दरमा कुनै परिवर्तन देखिएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रूपैयाँले वृद्धि भएको छ। यससँगै आज छापावाला सुनको मूल्य दुई लाख पैँतीस हजार चार सय रूपैयाँ पुगेको छ, जुन सोमबार दुई लाख ३३ हजार एक सय रूपैयाँ कारोबार भइरहेको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार पनि प्रतितोला २९६० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: