प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन

खोज समाचार
खोज समाचार
2025 May 23, Friday
📊 यो समाचारलाई अहिलेसम्म 1487 जनाले हेरेका छन्।
काठमाडौँको तीनकुनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा संलग्न १०८ जनाविरुद्ध मुद्दा दायरको तयारी भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले घटनामा संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रहरीका अनुसार, तीनकुने घटनामा
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन

काठमाडौँको तीनकुनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा संलग्न १०८ जनाविरुद्ध मुद्दा दायरको तयारी भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले घटनामा संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

प्रहरीका अनुसार, तीनकुने घटनामा ५३ जना प्रहरी हिरासतमा छन्। तीमध्ये २६ जनाविरुद्ध राजद्रोह र संगठित अपराधको आरोपमा र २७ जनाविरुद्ध आपराधिक उपद्रवको आरोपमा अनुसन्धान भइरहेको छ। अन्य ३७ जनालाई हाजिर जमानीमा छाडिएको छ। यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पनि हाजिर जमानीमा राखिएको छ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई अभियोजन गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। अदालतमा मुद्दा दर्ता गरेपछि पुर्पक्षका लागि प्रतिवादीहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा बहस हुनेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: