शिक्षकहरू सवार नाइट बस दुर्घटनामा १६ जना घाइते

खोज समाचार
खोज समाचार
2025 April 26, Saturday
📊 यो समाचारलाई अहिलेसम्म 282 जनाले हेरेका छन्।
शनिबार बिहान साढे ५ बजे काठमाडौंबाट झापा जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६
शिक्षकहरू सवार नाइट बस दुर्घटनामा १६ जना घाइते

शनिबार बिहान साढे ५ बजे काठमाडौंबाट झापा जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।

घाइतेमध्ये १६ जना शिक्षकहरू काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कंदै थिए। तीमध्ये एक घाइते शिक्षक लीलाप्रसाद भण्डारीले शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको जानकारी दिए। म ड्राइभरको सिटको पछाडि थिएँ, घाइते भण्डारीले भने, गाडी अघिदेखि नै अस्वाभाविक रूपमा हल्लिरहेको थियो।

अचानक सडकबाट गाडी पल्टियो। मुस्किलले बाँचियो। इन्धन पोखिएको देखेपछि मैले घाइते अवस्थामै अरू यात्रुहरूलाई उद्धार गरेर गाडीबाहिर निकालें। प्रहरीका अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो। बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि झिलझिले इलाका प्रहरी कार्यालयको टोली तत्कालै घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: