एसईई 2081: नतिजा प्रकाशन अघि बोर्डको अन्तिम छलफल जारी

खोज समाचार
खोज समाचार
2025 June 27, Friday
📊 यो समाचारलाई अहिलेसम्म 1340 जनाले हेरेका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड हाल नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम छलफलमा व्यस्त छ। भक्तपुरस्थित बोर्डको केन्द्रिय कार्यालयमा आज दिउँसोदेखि सुरु भएको बैठक अहिले पनि जारी
एसईई 2081: नतिजा प्रकाशन अघि बोर्डको अन्तिम छलफल जारी

काठमाडौँ, – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड हाल नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम छलफलमा व्यस्त छ। भक्तपुरस्थित बोर्डको केन्द्रिय कार्यालयमा आज दिउँसोदेखि सुरु भएको बैठक अहिले पनि जारी छ।

बोर्ड स्रोतका अनुसार बैठक सकिने बित्तिकै आजै नतिजा सार्वजनिक गरिने तयारी गरिएको छ। यसअघि बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले साँझ साढे ५ बजे नतिजा सार्वजनिक गर्ने समय तोकिएको जानकारी दिएका थिए। तर, बोर्ड बैठक ढिलो सुरु भएकै कारण नतिजामा पनि ढिलाइ हुने भएको हो ।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षामा नियमित समूहका ४ लाख ३१ हजार ४६६ विद्यार्थी सहभागी भए भने ग्रेड वृद्धि परीक्षामा ६७ हजार ७१५ जना सहभागी थिए। जम्मा परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ पुगेको बोर्डले जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: