सचिवालय बैठकमा ओलीमाथि प्रश्न: फरार अभियुक्त पासाङ शेर्पामाथि किन कारबाही भएन?
काठमाडौं — नेकपा (एमाले) भित्र एक केन्द्रीय सदस्यमाथि अदालतले दिएको फैसला कार्यान्वयन नगरेको विषयमा नेताहरूबीच असन्तुष्टि देखिएको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकमा धेरै सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पासाङ शेर्पालाई पार्टीले किन कारबाही नगरेको भनेर प्रश्न उठाएका छन्।
शेर्पा एमालेसँग सम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन्। पार्टी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतले उनलाई बहुविवाह मुद्दामा एक वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सो फैसला उच्च अदालत पाटनले पनि २०८१ असोज ६ गते सदर गरेको थियो।
तर, अदालतको निर्णयपछि पनि शेर्पामाथि कुनै संगठनात्मक कारबाही नहुनु एमालेभित्र विवादको विषय बनेको हो। “फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिले केन्द्रीय सदस्यको हैसियतमा रहिरहनु अनुचित छ भन्ने हाम्रो भनाइ थियो,” एक सचिवालय सदस्यले भने। “पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीलाई त पार्टीले निलम्बन गरेको छ।
पासाङ शेर्पा किन निलम्बनमा परेनन् भन्ने प्रश्न उठाइएको छ।” बैठकमा अध्यक्ष ओलीले सो विषय बुझ्ने बताएका छन्। शेर्पाप्रति धेरै सचिवालय सदस्यहरू असन्तुष्ट छन्। केही समयअघि भएको १०औं केन्द्रीय कमिटी बैठकमा उनले अध्यक्ष ओलीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गर्नुपर्ने धारणा राखेका थिए, जसले विवादलाई अझ बढाएको बताइन्छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री