कार्यतालिका तयार नहुँदा कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म सारियो
काठमाडौं — नेपाली कांग्रेसले शुक्रबारका लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भनिएको बैठक अब आइतबार सोही समयमा बस्ने भएको हो। पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर बैठकको कार्यसूची तयार पार्न केही समय आवश्यक रहेको बताएका थिए।
उनीहरूले कार्यतालिका बिना बैठक गर्न उचित नहुने धारणा राख्दै आवश्यक तयारीका लागि समय मागेका थिए। कार्यवाहक सभापति खड्काले पनि कार्यसूची तयार पार्न एक–दुई दिन समय लाग्ने भन्दै बैठक आइतबारसम्म सारिएको जानकारी दिएका छन्।थापाले यसअघि नै कार्यतालिका नआए आफू बैठकमा सहभागी नहुने संकेत गरेका थिए। अब आइतबार बस्ने बैठकमा नियमित महाधिवेशन, संगठनात्मक तयारी र हालका राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री