टोखामा सुरक्षाको नयाँ पहल: हरेक टोलमा नागरिक सुरक्षा समूह गठन हुने

खोज समाचार
खोज समाचार
2025 October 9, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 211 जनाले हेरेका छन्।
काठमाडौंको टोखा नगरपालिकाले स्थानीय सुरक्षालाई सुदृढ गर्न हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्ने तयारी थालेको छ। मेयर प्रकाश अधिकारीको संयोजकत्वमा बसेको बैठकले प्रहरीसँग सहकार्य गर्दै जनस्तरमै सुरक्षा सचेतना र नियन्त्रण प्रणाली विस्तार गर्ने निर्णय गरेको छ।
टोखामा सुरक्षाको नयाँ पहल: हरेक टोलमा नागरिक सुरक्षा समूह गठन हुने

काठमाडौं — टोखा नगरपालिकाले स्थानीय समुदायको सुरक्षालाई प्राथमिकता दिंदै अब हरेक टोलमा “नागरिक सुरक्षा समूह” गठन गर्ने निर्णय गरेको छ। बुधबार मेयर प्रकाश अधिकारीको संयोजकत्वमा बसेको शान्ति–सुरक्षा बैठकले यसबारे ठोस निर्णय गर्दै सबै वडाहरूलाई टोलवासीसँग सहकार्य गर्न निर्देशन दिएको छ।

बैठकले जनताको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि प्रहरीसँग सघन सहकार्य गर्न नागरिक समूहहरू सक्रिय भूमिकामा रहने बताएको छ। प्रत्येक घरधनीले आफ्नो घरमा बसोबास गर्ने भाडे व्यक्तिको परिचय विवरण अनिवार्य रूपमा राख्ने र शंका लाग्दो गतिविधि देखिएमा नजिकको प्रहरी वा सुरक्षासंस्थालाई तुरुन्त जानकारी गराउने व्यवस्था पनि गरिनेछ।

नगरपालिकाले रातिको सुरक्षा सुदृढ गर्नका लागि राति ९ बजेपछि अनावश्यक रूपमा घरबाहिर ननिस्कन र व्यापारिक प्रतिष्ठानहरू पनि सो समयमा बन्द गर्न अनुरोध गरेको छ। त्यसैगरी, नगरक्षेत्रमा कार्यरत प्रहरी कार्यालयहरूलाई पुरानै रूपमा सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ। नगरपालिकाले निष्क्रिय सडकबत्ती, सिसी क्यामेरा लगायतका उपकरणहरूको मर्मत गरी शीघ्र सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ।

मेयर अधिकारीले भने, “स्थानीय सुरक्षामा जनताको प्रत्यक्ष सहभागिता अत्यावश्यक छ। नागरिक सुरक्षा समूह गठन भएपछि प्रहरी, वडा कार्यालय र बासिन्दाबीचको सहकार्य अझ बलियो हुनेछ।” टोखा नगरपालिकाको यो निर्णयले समुदाय–आधारित सुरक्षा व्यवस्थापनको नयाँ अभ्यासको सुरुवात गर्ने विश्वास गरिएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: