राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाउनुभएको छ।
सोमवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाउनुभएको हो। उहाँले संसदभित्र राप्रपा सांसदहरूले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भीर समीक्षा गर्ने समेत बताउनुभयो। उहाँले संविधानमा नलेखिएका शब्दहरू संसदको संस्कृति (कल्चर) मा नआउने कुरा स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, राजावादीको नाममा संविधानले नचिनेका शब्दहरू सदनभित्र मात्र नभई सदनबाहिर पनि कानूनी विपरित रहेको छ।
उहाँले थप्नुभयो, संविधानमा नलेखिएका शब्दहरू संसदको कल्चरमा यस्ता विषयहरू आउन सक्दैनन्। यी पूर्व भइसकेका विषयहरू हुन्। राजावादीको नाममा संविधानले नचिनेका शब्दहरू जे कुरा भइरहेको छ, यो सदनभित्र मात्र होइन, सदनबाहिर पनि कानूनी विपरित कुरा हो।
उहाँले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिहरूको बारेमा कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने बताउनुभयो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित, सुदूरपश्चिम रोयल्स फेरि फाइनलमा
- राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र
- पाल्पा–१ मा कांग्रेसको एउटै भरोसा: सन्दीप राना मात्र सिफारिस
- प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने
- मंगलबार सुन घट्यो, चाँदी बढ्यो