रामकुमारी झाँक्रीको तीखो टिप्पणी : ८ दलको एकता रूपान्तरण होइन, ओत लाग्ने र सौदाबाजी गर्ने ठाउँ बनेको छ

खोज समाचार
खोज समाचार
2025 November 5, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 179 जनाले हेरेका छन्।
नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले माओवादी केन्द्रसहित ८ वाम दलबीचको हालको एकतालाई विचार र सिद्धान्तभन्दा स्वार्थमा आधारित कदम भन्दै आलोचना गरेकी छन्। उनले उक्त एकतालाई “बञ्चरेडाँडा” सँग तुलना गर्दै यसले वाम आन्दोलनलाई रूपान्तरण होइन, राजनीतिक ओत खोज्ने ठाउँ बनाइदिएको बताइन्।
रामकुमारी झाँक्रीको तीखो टिप्पणी : ८ दलको एकता रूपान्तरण होइन, ओत लाग्ने र सौदाबाजी गर्ने ठाउँ बनेको छ

काठमाडौं — नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आफ्नो दल माओवादी केन्द्रसहित ८ वटा वाम दलबीच भइरहेको एकतालाई वास्तविक रूपान्तरण होइन, सुरक्षित ओत खोज्ने प्रयासको रूपमा व्याख्या गरेकी छन्। बुधबार काठमाडौंको बसेरा होटलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले वाम एकता भनिएको प्रक्रिया सिद्धान्त र विचारभन्दा बढी राजनीतिक स्वार्थमा आधारित भएको बताइन्।

“सबैजना ओत खोज्दैछन्, रूपान्तरण होइन। ओत लाग्ने कुरा भएपछि सौदाबाजीको ढोका स्वतः खुल्छ,” उनले भनिन्। झाँक्रीले अहिलेको एकतालाई रूपकका रूपमा बञ्चरेडाँडासँग तुलना गरिन्। “यो एकता पुनर्गठन होइन, बञ्चरेडाँडा हो। जहाँ अर्ग्यानिक र ननअर्ग्यानिक दुवै प्रकारका फोहोर जम्मा भइरहेका छन्,” उनले व्यंग्य गर्दै भनिन्।

उनका अनुसार वाम आन्दोलनको मूल उद्देश्य सिद्धान्त र नीति हो, तर हालको प्रक्रियाले त्यो आत्मा गुमाइरहेको छ। “हामीकहाँ तीन लाख मतदाता छन्, तर त्यो शक्ति प्रयोग गर्ने अवसर हामीसँग छैन,” उनले भनिन्। नेतृ झाँक्रीले पार्टीका सबै तहका कार्यकर्तालाई विचार र सिद्धान्तमा आधारित रूपान्तरणतर्फ उन्मुख हुन आह्वान गरिन्। “जहाँ छौं त्यहीँ उभिऔं, बाटो अवरुद्ध भए पनि क्षितिजपारि उज्यालो देखेर अघि बढ्ने हिम्मत राखौं,” उनले भनिन्।

उनका अनुसार एकता त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ जब त्यसले सिद्धान्तलाई बलियो बनाउँछ, व्यक्तिगत अस्तित्व बचाउने साधन मात्र बनेर सीमित हुँदैन।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: