प्रधानमन्त्री सुशीला कार्कीको शीतल निवास यात्रा, राष्ट्रपतिसँग विशेष भेटवार्ता
📊 यो समाचारलाई अहिलेसम्म 340 जनाले हेरेका छन्।
प्रधानमन्त्री सुशीला कार्की मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्नु अघि उनले मेयर बालेन्द्र शाह, सीआइबी प्रमुख डा. मनोज केसी र सेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवन शीतल निवास पुगेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न उनी त्यहाँ पुगेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। यसअघि प्रधानमन्त्री कार्कीले राजधानीमा महत्वपूर्ण व्यक्तिहरूसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्। दिनभरको व्यस्त कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग नगरसम्बन्धी विषयमा परामर्श गरिन्।
त्यसपछि अपराध अनुसन्धान विभाग (सीआइबी) का प्रमुख एआईजी डा. मनोज केसीसँग पनि उनले भेटवार्ता गरेकी थिइन्। यस्तै, मंगलबार बेलुकी प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत बैठक गरेकी थिइन्। लगातारका यी भेटघाटलाई वर्तमान राजनीतिक र प्रशासनिक परिस्थितिसँग सम्बन्धित छलफलका रूपमा हेरिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित, सुदूरपश्चिम रोयल्स फेरि फाइनलमा
- राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र
- पाल्पा–१ मा कांग्रेसको एउटै भरोसा: सन्दीप राना मात्र सिफारिस
- प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने
- मंगलबार सुन घट्यो, चाँदी बढ्यो