प्रधानमन्त्री ओली : नेपाल दक्षिण एसियामा लगानीको लागि सबैभन्दा उपयुक्त देश

Roshan Shrestha
Roshan Shrestha
2025 July 3, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 530 जनाले हेरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दक्षिण एसियामा लगानीका लागि विशेष सम्भावना बोकेको मुलुकको रूपमा चित्रित गर्दै, स्पेनी व्यवसायीहरूलाई यहाँको बजारमा लगानी गर्न प्रेरित गरेका छन्। स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजना अन्तर्गत भएको
प्रधानमन्त्री ओली : नेपाल दक्षिण एसियामा लगानीको लागि सबैभन्दा उपयुक्त देश

काठमाडौँ, — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दक्षिण एसियामा लगानीका लागि विशेष सम्भावना बोकेको मुलुकको रूपमा चित्रित गर्दै, स्पेनी व्यवसायीहरूलाई यहाँको बजारमा लगानी गर्न प्रेरित गरेका छन्।

स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजना अन्तर्गत भएको नेपाल–स्पेन व्यापारिक संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालले पछिल्ला वर्षहरूमा राजनीतिक स्थायित्व हासिल गरेको, बजार प्रणाली खुला बनाइएको, तथा श्रमशक्ति सुलभ र प्रतिस्पर्धी रहेको बताउँदै लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्यका रूपमा नेपाल उदाएको उल्लेख गरे।

प्रधानमन्त्रीले नेपाल सरकार निजी क्षेत्रको सशक्तीकरणमा केन्द्रित रहेको र निजी क्षेत्रलाई आर्थिक उन्नतिको प्रमुख चालकका रूपमा स्वीकार गरिसकेको स्पष्ट पारे। कानुनी र नीतिगत सुधारमार्फत लगानीमैत्री संरचना निर्माण गर्ने दिशामा सरकार निरन्तर लागिपरेको उनको भनाइ थियो।

कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत सनिल नेपालले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई स्वागत गर्दै यस भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले व्यवसाय, पर्यटन, पूर्वाधार र अन्य धेरै क्षेत्रहरूमा स्पेन र नेपालबीच सहकार्यको ढोका खुलेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीको नेतृत्वमा भइरहेको यो भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा लगानीको हिसाबले सकारात्मक सन्देश दिएको बताइएको छ। प्रधानमन्त्री ओली यही शुक्रबार स्वदेश फर्कने तालिका रहेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: