प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विशेष बैठक आयोजना गर्ने तयारी गरेकी छिन्। संघीय र प्रदेश सरकारबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले यो बैठक आह्वान गरिएको हो।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
उक्त बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी हुनेछन्।
बैठकको एजेन्डा संघीय र प्रादेशिक सरकारबीचको नीतिगत समन्वय, स्रोत वितरण र प्रशासनिक सहकार्यलाई प्रभावकारी बनाउन केन्द्रित रहने बताइएको छ। प्रधानमन्त्री कार्कीले हालको राजनीतिक र प्रशासनिक अवस्थालाई ध्यानमा राख्दै सबै तहबीच पारदर्शी संवाद र साझा जिम्मेवारीको आवश्यकता औँल्याउने तयारी गरेकी छन्।
यो बैठक संघीय शासन प्रणालीलाई थप कार्यक्षम बनाउन र प्रदेशहरूमा नीतिगत कार्यान्वयनका चुनौतीहरूबारे प्रत्यक्ष सुझाव लिन पनि लक्षित गरिएको छ।