प्रधानमन्त्रीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

खोज समाचार
खोज समाचार
2025 April 8, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 192 जनाले हेरेका छन्।
जनकपुरधाम,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने जानकारी सभामुख रामचन्द्र मण्डलले दिएका छन्। ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको
प्रधानमन्त्रीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

जनकपुरधाम,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने जानकारी सभामुख रामचन्द्र मण्डलले दिएका छन्।

ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। मधेस प्रदेशसभाको बैठकको सभाहललाई चिटिक्क बनाइएको छ। प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाले प्रधानमन्त्रीको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वारको निर्माण र सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध भइसकेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने जानकारी मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले दिएका छन्। उनले भने,  प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: