वामपन्थी नेता प्रदीप नेपालको निधन
वामपन्थी नेता प्रदीप नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ७१ वर्षीय नेपाल लामो समयदेखि अस्वस्थ थिए।
पारिवारिक स्रोतका अनुसार दिवंगत नेपालले यसअघि नै आफूलाई पार्टीको झण्डा नओढाउन र श्रद्धाञ्जली सभा नगर्न अनुरोध गरेका थिए। त्यसअनुसार उनको शवमा पार्टीको झण्डा ओढाइने छैन। हिन्दू परम्पराअनुसार नै उनको अन्तिम संस्कार गरिनेछ। उनका भाइ समीर नेपालका अनुसार मंगलबारै अस्पतालबाट सिधै शवलाई पशुपति आर्यघाट लगिएको हो। नेता नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिनेछ।
प्रदीप नेपाल नेकपा एमालेका संस्थापक नेतामध्ये एक थिए। उनी विभिन्न समयमा मन्त्रीसमेत भएका थिए। पछिल्लो एक दशकदेखि भने उनी सक्रिय राजनीतिबाट टाढा थिए। नेकपा (एकीकृत) को स्थायी कमिटी सदस्य रहेका उनी पार्टी विभाजनपछि एमालेमा रहेका थिए, तर पार्टीमा सक्रिय भूमिका भने निभाएका थिएनन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- रूकुम पश्चिममा माओवादीकालीन सम्पत्ति अब प्रलोपा र नेकपामा हिस्साबन्दी
- आइतबार बजारमा सुन घट्यो, चाँदी बढ्यो
- रुकुम पश्चिममा जनार्दन शर्मा विरुद्ध नेकपा निकट समूहको कालो झण्डा प्रदर्शन
- एमाले महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धाको संकेत, बाँस्कोटाको कडा चेतावनी: यसलाई परम्परा बन्न नदिऊँ
- प्रतिनिधि सभा चुनावः समानुपातिकतर्फ दल दर्ता प्रक्रिया आजबाट सुरू