संसद पुनःस्थापनाका लागि कानुनी लडाइँ सुरु गर्ने एमालेको तयारी : महेश बस्नेत
काठमाडौं — नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीले संसद पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा जाने तयारी गरिरहेको बताएका छन्। बुधवार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले कानुनी बाटोबाट संसद पुनःस्थापनाको पहल गर्ने निर्णयमा पुगेको बताए।
‘संसद विघटनपछि देश अनिश्चिततामा पुगेको छ। हामी न्यायालयको ढोका ढक्ढक्याएर जनमतको म्यान्डेट पुनःस्थापित गर्न चाहन्छौं,’ बस्नेतले भने। उनका अनुसार एमालेले कानुन व्यवसायीहरूको परामर्शमा सर्वोच्चमा मुद्दा दायर गर्ने विषयमा अन्तिम छलफल गर्दैछ। “पार्टी आफैंले जाने वा कानुन व्यवसायीमार्फत अघि बढ्ने भन्नेमा अहिले अन्तिम निर्णय हुँदैछ,” उनले स्पष्ट पारे।
बस्नेतले हाल देशभर फैलिएको ‘भ्रष्टाचारविरुद्धको जनआन्दोलन’ प्रति पनि ऐक्यबद्धता जनाए। उनले भने, “हामी पनि छानबिनको दायरामा आउन तयार छौं। तर, आन्दोलनका घाइतेको पीडा प्रयोग गरेर सत्तामा पुगेकाहरूको पनि समान रूपमा अनुसन्धान हुनुपर्छ।” उनले न्याय र पारदर्शिताको पक्षमा एमाले सदैव रहने दाबी गर्दै, ‘भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने जनआवाज हामीसँग मिल्दोजुल्दो छ,’ भने।
एमालेले संसद पुनःस्थापनाको विषयलाई राजनीतिक मुद्दा मात्र नभई संविधान र जनमतको सम्मानको प्रश्नका रूपमा लिएको बस्नेतको भनाइ छ। उनले थपे, “जनताले दिएका मत र संस्थागत निरन्तरता तोड्नु लोकतान्त्रिक प्रणालीमाथिको आघात हो। त्यसैले, हामी कानुनी बाटोबाटै यसको समाधान खोज्ने छौं।”
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री