ओलीको स्पष्ट संकेत: असन्तुष्ट समाजवादीहरूसँग समूहगत एकता असम्भव

खोज समाचार
खोज समाचार
2025 November 2, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 171 जनाले हेरेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूसँग समूहगत वा पार्टीगत एकता हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। उनले ती नेताहरू व्यक्तिगत रूपमा एमालेमा फर्किन चाहे स्वागत गर्ने तर अलग्गै समूहसँग राजनीतिक एकता नहुने बताएका छन्।
ओलीको स्पष्ट संकेत: असन्तुष्ट समाजवादीहरूसँग समूहगत एकता असम्भव

काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीभित्र असन्तुष्ट बनेका नेताहरूसँग पार्टीगत रूपमा एकता सम्भव नभएको स्पष्ट गरेका छन्। शनिबार बसेको सचिवालय बैठकमा बोल्दै ओलीले झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायत नेताहरूले नयाँ दल बनाउने तयारी गरिरहेको प्रसंगमा टिप्पणी गरेका हुन्।

उनले ती नेताहरू व्यक्तिगत रूपमा एमालेमा फर्कन चाहन्छन् भने स्वागत हुने बताए। ‘जो जहाँबाट फर्कन चाहन्छ, हामी खुला हृदयले स्वागत गर्न तयार छौं,’ ओलीले बैठकमा भनेका थिए, ‘तर कुनै पनि समूहसँग अलग्गै पार्टी एकता गर्ने कुरा हुँदैन। एमाले र समूहबीचको राजनीतिक सम्झौता होइन, व्यक्तिगत सहकार्य मात्र सम्भव छ।’

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेताहरूबीच मतभेद सार्वजनिक बनेको छ। त्यही सन्दर्भमा एमालेले असन्तुष्ट नेताहरूसँग संवाद बढाएको बताइन्छ। यसअघि पनि अध्यक्ष ओलीले एमाले छाडेर गएका पुराना नेताहरूलाई “घर फर्कने समय आएको” भन्दै पुनः पार्टीमा स्वागत गर्ने सन्देश दिएका थिए।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: