ओलीको आक्रोश : राजनीतिक नाटकका नाममा बनेको नक्कली आयोग अस्वीकार्य

Roshan Shrestha
Roshan Shrestha
2025 October 9, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 326 जनाले हेरेका छन्।
ओलीले भदौ २३ र २४ गतेका घटनाबारे बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई “नक्कली” भन्दै आलोचना गरेका छन्। उनले सरकारमाथि राजनीतिक नाटक र प्रतिशोधको आरोप लगाउँदै भने, “एमालेलाई बदनाम गर्न यस्तो नाटक गरिएको हो, यस्तो आयोग हामीले कहिल्यै स्वीकार गर्दैनौं।”
ओलीको आक्रोश : राजनीतिक नाटकका नाममा बनेको नक्कली आयोग अस्वीकार्य

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमाथि तीव्र असन्तुष्टि जनाएका छन्। उनले उक्त आयोगलाई “नक्कली आयोग” भन्दै सरकारमाथि राजनैतिक प्रतिशोधको आरोप लगाएका छन्।

भक्तपुरको गुण्डुमा एमाले जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, “सम्पत्ति छानबिन गर्ने भनेर नाटक खेलिएको छ। चाहियो भने दश पटक छानबिन गर्नुस्, तर पहिले मन्त्रीहरू आफ्नै सम्पत्ति पनि हेर्नुहोस्।” ओलीका अनुसार सरकारले एमालेलाई बदनाम गर्न नियोजित रूपमा यस्तो आयोग बनाएको हो।

उनले भने, “देशको विकासका ठूला मुद्दा बेवास्ता गरेर एमालेलाई दबाउने षड्यन्त्र चलाइएको छ। यस्तो नाटक हामीले कहिल्यै स्वीकार गर्ने छैनौं।” उनले आयोगले ल्याउने प्रतिवेदनलाई पनि एमालेले नमान्ने स्पष्ट चेतावनी दिए। “के गर्नुस् गर्नुस्, हामी डराउने पक्ष होइनौं,” ओलीले भने। “एमाले चाकडी गरेर होइन, आफ्नो दृष्टि र मार्गचित्रका आधारमा देश विकासका लागि अघि बढेको हो।”

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: