राष्ट्र निर्माणका लागि निर्णायक शक्तिको समय आएको छ: शंकर पोखरेल

खोज समाचार
खोज समाचार
2025 October 8, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 266 जनाले हेरेका छन्।
शंकर पोखरेलले नयाँ चुनौतीबीच राष्ट्र निर्माणमा निर्णायक शक्तिको आवश्यकता झनै बढेको बताएका छन्।
राष्ट्र निर्माणका लागि निर्णायक शक्तिको समय आएको छ: शंकर पोखरेल

काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई बलियो बनाउने निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता अहिले झनै बढेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले हालका चुनौतीहरूलाई स्वीकार गर्दै राष्ट्र निर्माणमा दृढ संकल्प आवश्यक रहेको उल्लेख गरेका छन्।

पोखरेलका अनुसार, देशले सामना गरिरहेका नयाँ परिस्थिति र अवरोधले राजनीतिक नेतृत्व र नागरिक जिम्मेवारी दुबैलाई परिक्षणको क्षणमा पुर्‍याएको छ। “आजको समयले हामी सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरिरहेको छ। नयाँ चुनौतीहरू थपिएका छन्, तर तिनको सामना गरेर मात्रै राष्ट्रलाई मजबुत बनाइन्छ,” पोखरेलले लेखेका छन्।

उनले राष्ट्रको दीर्घकालीन स्थायित्व र विकासका लागि जिम्मेवार राजनीतिक संयोजनको आवश्यकता दोहोर्‍याउँदै सबै पक्षलाई सहकार्यका लागि आह्वान गरेका छन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: