नेपाली महिला फुटबल टोलीको यात्रामा सास्ती : एन्फाको लापरबाहीमा मन्त्रीको आक्रोश
भारतीय फुटबल संघको कमजोर व्यवस्थापन र अखिल नेपाल फुटबल संघ (एन्फा)को फितलो समन्वयका कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले मंगलबार अनिद्रा र भोकै यात्रा गर्नुपरेको छ।
सिलोङबाट बिहान ३:३० बजे हिँडेका खेलाडीहरू राति ७ बजे मात्र सिक्किम पुगेका थिए। करिब १० घण्टासम्म भोकै रहँदा उनीहरूले बिचमा मात्र बागडोग्रामा खाना खान पाएका थिए। भारतीय संघले अचानक बुधबारका लागि मैत्रीपूर्ण खेल तोकेपछि टोलीलाई सोमबार रातिदेखि नै हतारमा यात्रा गर्नुपरेको थियो।
यस घटनापछि नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले एन्फाका महासचिव किरण राईलाई टेलिफोनमार्फत स्पष्टीकरण सोधेका छन्। मन्त्रीले खेलाडीको खान, बस्ने र विश्रामसम्बन्धी व्यवस्थापनमा लापरबाही भएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।
तर महासचिव राईले भने खेल व्यवस्थापनको जिम्मा भारतीय दूतावास र त्यहाँको फुटबल संघले लिएको दाबी गर्दै एन्फाको गल्ती नभएको जवाफ दिएका छन्।
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले भने यो एन्फाको चरम लापरबाही भएको टिप्पणी गर्दै भनेका छन्, “दुई देशबीच खेल अघि नै सम्पूर्ण व्यवस्थापनबारे सहमति हुनुपर्थ्यो, तर एन्फाले तयारीमै बेवास्ता गर्यो।” यसैबीच नेपाल फुटबल खेलाडी संघले पनि खेलाडीको व्यवस्थापनमा भएको लापरबाहीप्रति आपत्ति जनाएको छ।
फिफाको नियमअनुसार खेलाडीले एउटा अन्तर्राष्ट्रिय खेल खेलेपछि कम्तीमा ७२ घण्टा विश्राम पाउनुपर्छ। तर नेपालले भारतसँग पहिलो खेल खेलेको ४८ घण्टाभन्दा कम समयमा पुनः अर्को खेल खेल्न लागेको छ, जसलाई संघले “फिफा नियमविपरीतको गलत निर्णय” भनेको छ।
कप्तान सावित्रा भण्डारी, प्रिती राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने दोस्रो खेलमा सहभागी नहुने भएका छन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री