नेपालले सामोआविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने
📊 यो समाचारलाई अहिलेसम्म 314 जनाले हेरेका छन्।
ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले सामोआविरुद्धको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित कुमार पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्। आजको खेल नेपालका लागि निकै महत्वपूर्ण
ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले सामोआविरुद्धको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
कप्तान रोहित कुमार पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्। आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ, किनभने सामोआमाथि जित निकाले नेपालले यस छनोट प्रतियोगिताको ट्रफी जित्नेछ। नेपालले आजको खेलका लागि टोलीमा तीन परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिइएको छ भने तिनको सट्टा करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ–११ मा समावेश गरिएको छ।
सामोआविरुद्ध नेपालको प्लेइङ–११:
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, करण केसी र ललित राजवंशी।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री