नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै, तेस्रो जितको खोजीमा

Hemraj Joshi
Hemraj Joshi
2025 June 10, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 1027 जनाले हेरेका छन्।
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। सिरिजका पहिलो दुई खेलमा
नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै, तेस्रो जितको खोजीमा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। सिरिजका पहिलो दुई खेलमा शानदार जित निकालेको नेपाल आज तेस्रो जितको खोजीमा छ। नेपाल पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनले पराजित भएको थियो भने त्यसअघिका खेलमा स्कटल्यान्डलाई १ विकेट र नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

नेदरल्याण्ड्स भने अझैसम्म सिरिजको पहिलो जितको खोजीमा रहेको छ। उसले स्कटल्यान्डसँग ४४ रनको हार व्यहोरेको थियो। हालसम्म नेपालले १५ खेलमा १० अंक बटुलेको छ र लिगको सातौँ स्थानमा रहेको छ। २२ खेल खेलेको नेदरल्याण्ड्स भने २६ अंकसहित दोस्रो स्थानमा छ। आठ टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ। यस लिगको अन्त्यमा शीर्ष चार टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधैँ स्थान बनाउनेछन्, भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्नेछ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, गुलशन झा, अनिलकुमार शाह, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसीर अहमद, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी रहेका छन्। नेपालले आजको खेलमा जित निकाल्दै अंकतालिकामा उक्लने प्रयास गर्नेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: