नीतु पौडेलको निधनपछि बाबुल गिरी प्रहरीको निगरानीमा

खोज समाचार
खोज समाचार
2025 October 24, Friday
📊 यो समाचारलाई अहिलेसम्म 356 जनाले हेरेका छन्।
गायिका नीतु पौडेलको निधनपछि गायक तथा सङ्गीतकार बाबुल गिरी (धनबहादुर) प्रहरी सम्पर्कमा आएका छन्। पौडेलले अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् भने अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
नीतु पौडेलको निधनपछि बाबुल गिरी प्रहरीको निगरानीमा

काठमाडौँ — गायक तथा सङ्गीतकार बाबुल गिरी (धनबहादुर) जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित भएका छन्। गायिका नीतु पौडेलको मृत्युपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार, पौडेलको शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

गत शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा उनले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यस क्रममा गिरी पनि सामान्य रूपमा घाइते भएका थिए। घटनापछि गिरीलाई अस्पतालबाट शनिबार साँझ डिस्चार्ज गरिएको थियो। त्यसपछि उनलाई सोधपुछका लागि प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

यसअघि पनि आत्महत्या प्रयाससम्बन्धी प्रारम्भिक अनुसन्धानका क्रममा गिरीलाई प्रहरीले बयानका लागि बोलाएको थियो। अहिले पौडेलको निधनसँगै प्रहरी अनुसन्धानलाई थप गम्भीर रूपमा अघि बढाउने तयारीमा रहेको बताइएको छ। प्रहरी स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारणबारे स्पष्ट विवरण आउन सक्नेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: