सांसद किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ

खोज समाचार
खोज समाचार
2025 March 27, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 207 जनाले हेरेका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाउनुभएको छ। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा
सांसद किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाउनुभएको छ। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले सम्भव छैन भन्नुभएको उल्लेख गर्दै, विगतको पृष्ठभूमि र अहिलेको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुने दाबी गर्नुभयो।

उहाँले राजतन्त्रवादीहरूले नयाँ सम्झौता गर्न भनेको, नेपाली काँग्रेसले संविधान संशोधनमा हिन्दु गणतन्त्र लेख्नुपर्ने कुरा अगाडि बढाइरहेको भन्दै यसले अराजकता निम्त्याइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिरहनुभएको छ। हिजो पनि उहाँले गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको हो। पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले यो सम्भव थिएन भन्नुभएको थियो।

हिजोको पृष्ठभूमि र आजको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुन्छ। राजतन्त्रवादीहरूले नयाँ सम्झौता गरौँ भनेका छन्, नेपाली काँग्रेस संविधान संशोधनको नाममा गरिएको नौटंकी अर्थात् प्रतिवेदनमा हिन्दु गणतन्त्र लेखिएको छ। प्रधानमन्त्रीको यस्तो निम्छरो अभिव्यक्तिले यही अराजकतालाई मलबीउ लगाइरहेको छ। सांसद किराँतीले प्रतिगमन, भ्रष्टाचार र बेथितिको विरोधमा शान्तिपूर्ण ढंगले सडकमा प्रदर्शन गर्ने बताउनुभयो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: