करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

खोज समाचार
खोज समाचार
2025 April 12, Saturday
📊 यो समाचारलाई अहिलेसम्म 235 जनाले हेरेका छन्।
धनगढी, कैलाली  धनगढी उपमहानगरपालिका–१९ फुलवारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने उनका तीन वर्षीय छोरा घाइते भएका छन्। शुक्रवार बिहान करिब २५ वर्षीया विमला कुँवरलाई पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो। गम्भीर घाइते भएकी कुँवरलाई तत्कालै उपचारका
करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

धनगढी, कैलाली  धनगढी उपमहानगरपालिका–१९ फुलवारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने उनका तीन वर्षीय छोरा घाइते भएका छन्। शुक्रवार बिहान करिब २५ वर्षीया विमला कुँवरलाई पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो। गम्भीर घाइते भएकी कुँवरलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएर जाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा उनकी तीन वर्षीय छोरा प्रजल कुँवर पनि घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: