मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे, फोहोर संकट समाधानको प्रयास सुरु
📊 यो समाचारलाई अहिलेसम्म 194 जनाले हेरेका छन्।
उपत्यकामा फोहोर व्यवस्थापन ठप्प भएपछि मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगेका छन्। स्थानीयले सम्झौता कार्यान्वयन नभएको भन्दै फोहोर रोक्दा समस्या चर्किएको छ।
स्थानीय बासिन्दाले विगतका सम्झौताहरू पालना नभएको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न रोकेपछि उपत्यकाको फोहोर उठ्न नसकेको छ। मन्त्री घिसिङले बञ्चरेडाँडामा अवलोकन गर्दै सरोकारवालासँग छलफल गरेका छन्। उनले सरकारका तर्फबाट समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
बञ्चरेडाँडामा फोहोर रोकिँदा काठमाडौँ, ललितपुर र भक्तपुरका सडक र बस्तीहरूमा फोहोरको ढिस्को देखिन थालेको छ। यसले वातावरणीय तथा स्वास्थ्य जोखिम बढेको भन्दै नागरिकले तत्काल समाधानको माग गरेका छन्। उता, काठमाडौं महानगरपालिकाले पनि विज्ञप्ति जारी गर्दै समस्या समाधान नभएसम्म फोहोर घरभित्रै सुरक्षित रूपमा राख्न नागरिकलाई आग्रह गरेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री