मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा सञ्चालनमा आउने : मन्त्री कुलमान घिसिङ

खोज समाचार
खोज समाचार
2025 October 11, Saturday
📊 यो समाचारलाई अहिलेसम्म 321 जनाले हेरेका छन्।
हालैको बाढी र पहिरोले क्षति पु-याएको मेची राजमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा सञ्चालनमा आउने : मन्त्री कुलमान घिसिङ

इलाम । हालैको बाढी र पहिरोले क्षति पु-याएको मेची राजमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार इलाम पुगेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भोलिसम्म राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिएका छन्।

मन्त्री घिसिङका अनुसार राजमार्गका विभिन्न खण्डमा मर्मत र सरसफाइको काम तीव्र गतिमा भइरहेको छ। ‘यातायात आवागमन सुचारु गर्नका लागि अहिले सबै निकाय परिचालन गरिएका छन्,’ उनले भने, ‘भोलिसम्म अस्थायी रूपमा सवारी सञ्चालन हुने गरी प्रयास भइरहेको छ।’

त्यससँगै उनले मेची राजमार्गको विकल्पका रूपमा अर्को वैकल्पिक सडक निर्माणका लागि अध्ययन सुरु गरिने पनि बताए। ‘इलाममा ठूलो विपद् आएको छ, त्यसैले राहत, पुनर्निर्माण र दीर्घकालीन पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनेछ,’ मन्त्री घिसिङले बताए।

उनका अनुसार इलामलाई सरकारले औपचारिक रूपमा सङ्कटग्रस्त जिल्ला घोषणा गरिसकेको छ र प्रभावित क्षेत्रका पुनःस्थापना कार्यलाई शीघ्र गतिमा अघि बढाइनेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: