प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकमाथि छलफल जारी रहने

Hemraj Joshi
Hemraj Joshi
2025 May 14, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 996 जनाले हेरेका छन्।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने उल्लेख गरिएको छ। यससँगै 'भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौँ — संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने उल्लेख गरिएको छ। यससँगै ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा नेमकिपाका सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना निर्णयार्थ पेश गरिने कार्यसूची पनि तय गरिएको छ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सो विधेयक संसदमा प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता, भूमि कानुनमा संशोधन तथा सांसदहरूको रायहरू महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: