त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए भाइमारालाई ठेगान लगाउँथें: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गरी दोषीहरूलाई कारवाही गर्न खोजेको बताएका छन्। उनले भने, मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कुरा उठाएको थिएँ। यदि मलाई पाँच वर्ष शासन गर्ने अवसर मिलेको भए, म फेरि एकचोटी छानबिन गरेर माइमारा र राजद्रोहीहरूलाई इतिहासको कठघरामा ल्याएर उनीहरूको ठेगान लगाउने विचार राखेको थिएँ।
२०६४ चैत २८ मा संविधान सभा चुनावको केही महिना पछि प्रचण्ड प्रधानमन्त्री बने पनि उनले ९ महिनासम्म मात्रै शासन गरेका थिए। तत्कालीन प्रधान सेनापति रूकमाङ्गद कटुवाललाई हटाउने सरकारको निर्णय राष्ट्रपतिले रोकिदिएपछि उनले पदबाट राजीनामा दिएका थिए।
सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले भने, अहिले यिनीहरू चुरीफुरी गरिरहेका छन्, धेरै नगर्नुहोस्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै, धेरै मुर्खता नगर्नुहोस्। यदि अर्को मुर्खता भयो भने जनता र राजनीतिक दलहरू उदार हुने छैनन्। प्रचण्डले दरबार हत्याकाण्डका मुख्य योजनाकार परिवारभित्रै रहेका दाबी गरेका छन्। उनले मूर्तिचोर, सुन तस्कर र वंशनाश गर्ने व्यक्तिहरूको पहिचान नेपाली जनताले गर्न सकेको दाबी पनि गरे।
२०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह र उनका परिवारको हत्या भएको थियो।पूर्वराजा शाहलाई पोखराबाट काठमाडौं फर्कंदा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई लगायतका दलहरूले स्वागत गरेका थिए।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित, सुदूरपश्चिम रोयल्स फेरि फाइनलमा
- राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र
- पाल्पा–१ मा कांग्रेसको एउटै भरोसा: सन्दीप राना मात्र सिफारिस
- प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने
- मंगलबार सुन घट्यो, चाँदी बढ्यो