सरकारको कर नीति विरुद्ध सुन व्यवसायीको र्‍याली, माग स्पष्ट: खारेज गर

Roshan Shrestha
Roshan Shrestha
2025 July 9, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 361 जनाले हेरेका छन्।
सरकारद्वारा सुनमा २% विलासिता कर र हिरामा १३% मूल्य अभिवृद्धि कर प्रस्ताव गरिएपछि सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र रत्न तथा आभूषण महासंघले बुधबार काठमाडौंका प्रमुख व्यापारिक क्षेत्रहरू हुँदै र्‍याली निकाल्दै कर खारेजको माग
सरकारको कर नीति विरुद्ध सुन व्यवसायीको र्‍याली, माग स्पष्ट: खारेज गर

काठमाडौं — सरकारद्वारा सुनमा २% विलासिता कर र हिरामा १३% मूल्य अभिवृद्धि कर प्रस्ताव गरिएपछि सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र रत्न तथा आभूषण महासंघले बुधबार काठमाडौंका प्रमुख व्यापारिक क्षेत्रहरू हुँदै र्‍याली निकाल्दै कर खारेजको माग गरेका छन्।

न्युरोडस्थित जुद्धशालिकबाट सुरु भएको र्‍याली इन्द्रचोक, जनबहाल, असन, कमलाछी लगायतका स्थान हुँदै पुरानो नगरपालिकामा कोणसभामा परिणत भयो। सहभागीहरूले “जनविरोधी कर खारेज गर” जस्ता नारा लगाउँदै सरकारसँग संवादको माग गरेका छन्। व्यवसायीहरूका अनुसार नयाँ कर संरचना व्यवसायिक रूपमै गाह्रो हुने र आम उपभोक्तालाई असर पार्नेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: