सुनचाँदीको मूल्य फेरि बढ्यो
📊 यो समाचारलाई अहिलेसम्म 229 जनाले हेरेका छन्।
बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँ र चाँदी तीन हजार २५ रूपैयाँमा पुगेका छन्। बुधबारको तुलनामा सुन १ हजार २ सय र चाँदी ७० रूपैयाँले महँगो भएका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँ पुगेको छ। बुधबारसम्म यो दर २ लाख ३८ हजार रूपैयाँमा सीमित थियो। यसरी एकै दिनमा सुन तोलामा १ हजार २ सय रूपैयाँले महँगो भएको हो।यस्तै, चाँदीको मूल्य पनि बढेर तीन हजार २५ रूपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ। बुधबार प्रतितोला २९ सय ५५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा यो ७० रूपैयाँले बढी हो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री