जेन–जी आन्दोलनमा १९ जनाको मृत्यु, ३४७ घाइते 😥
सोमबार काठमाडौँमा भएको जेन–जी आन्दोलन निकै रक्तपातपूर्ण बन्यो। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार साँझ ६ बजेसम्म १९ जनाले ज्यान गुमाएका छन् भने ३४७ जना घाइते भएका छन्।
सिभिल अस्पताल नयाँ बानेश्वरमा मात्र ३ जनाको मृत्यु भएको छ भने १ सय जना घाइते उपचाररत छन्। एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु र १०२ घाइते छन्। राष्ट्रिय ट्रमा सेन्टर भोटाहिटीमा सबैभन्दा धेरै ८ जनाले ज्यान गुमाएका छन् र ५९ जना घाइते छन्।
त्यस्तै, काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु र ३७ उपचाररत, टिचिङ अस्पतालमा १ जनाको मृत्यु र १८ घाइते छन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन्।
यस्तै, झापाको दमक अस्पतालमा ७ जना, विराट मेडिकल कलेजमा ४ जना, गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। आन्दोलनमा ज्यान गुमाउने संख्या १९ पुगेको छ भने धेरै घाइते अझै गम्भीर अवस्थामा छन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित, सुदूरपश्चिम रोयल्स फेरि फाइनलमा
- राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र
- पाल्पा–१ मा कांग्रेसको एउटै भरोसा: सन्दीप राना मात्र सिफारिस
- प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने
- मंगलबार सुन घट्यो, चाँदी बढ्यो