महासङ्घको चेतावनी : रुग्ण आयोजना अन्त्यको बहानामा निर्माण क्षेत्र नओझेलियोस्
काठमाडौँ — निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना अन्त्य गर्ने नाममा सम्पूर्ण निर्माण क्षेत्रलाई नै कमजोर पार्ने प्रयास गर्नु हुँदैन भनेर चेतावनी दिएका छन्। बिहीबार महासङ्घका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले निर्माण क्षेत्र अहिले नै आर्थिक मन्दी र बेरोजगारीको चपेटामा परेको बताउँदै, “सरकारले नीतिगत स्थायित्व नदिएसम्म यो क्षेत्रको पुनर्जीवन सम्भव छैन,” भने।
उनका अनुसार सरकारले योजना खारेज गर्ने निर्णय गर्दा कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐनको स्पष्ट मापदण्ड पालना गर्नुपर्छ। “नियम अनुसार नचलेका निर्णयले ठेकेदार मात्र होइन, देशको पूरै विकास गति रोक्छ,” उनले जोड दिए। अध्यक्ष सिंहले वर्तमान आर्थिक अवस्था निकै नाजुक रहेको बताउँदै, निर्माण क्षेत्रमा लगानी घटेको र नयाँ आयोजना नआएकाले सयौं व्यवसायी बेरोजगारजस्तै अवस्थामा पुगेको बताए।
उनले स्थानीय तहहरूले पर्याप्त कामको अवसर नदिई अनावश्यक रूपमा लाइसेन्स वितरण गरिरहेको भन्दै असन्तोष पनि व्यक्त गरे। उनले थपे, “छोटो अवधिमा निर्वाचन गराउने सरकारसँग हाम्रो अपेक्षा भ्रष्टाचार अन्त्य र प्रणालीगत सुधारमा हो। स्वस्थ प्रतिस्पर्धा र पारदर्शी प्रणालीले मात्र निर्माण क्षेत्रमा विश्वास पुनःस्थापना गर्न सक्छ।”
अन्त्यमा सिंहले साना प्याकेजका आयोजना बढाउन र ठेकेदारहरूबीच निष्पक्ष प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न सके देशको विकास गति फेरि अगाडि बढ्ने विश्वास व्यक्त गरे।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री
- रास्वपाको सौराहा बैठक दोस्रो दिन प्रवेश, हस्ताक्षर अभियानको प्रतिवेदन पेस
- हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालको ऐतिहासिक जित — भारत ९२ रनले पराजित