निर्वाचन सुरक्षामा कडाइ : सुरुदेखि नै सेना परिचालन गर्न आयोगको सरकारलाई सुझाव
काठमाडौं-आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले सुरुदेखि नै सेना परिचालन गर्न सरकारलाई सुझाव दिने भएको छ । यसअघि हरेक निर्वाचनमा मतदान नजिकिँदै गर्दा मात्र सेना खटाइँदै आएको थियो, तर यसपटक प्रारम्भदेखि नै प्रहरी, सशस्त्र प्रहरी र सेनालाई एकीकृत ढंगले परिचालन गर्नुपर्ने आयोगको धारणा बनेको छ ।
शुक्रबार आयोगका पदाधिकारी र सुरक्षा निकायका वरिष्ठ अधिकारीबीच भएको बैठकमा मतदाता, राजनीतिक दल र कर्मचारीलाई सुरक्षा प्रत्याभूति दिलाउन छिट्टै एकीकृत सुरक्षा योजना लागू गर्नुपर्ने सुझाव उठेको थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानपूर्व, मतदानका दिन र मतदानपश्चात् समेत तीनवटै चरणमा सबै सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिएका छन् । उनका अनुसार, स्वच्छ र निष्पक्ष निर्वाचनका लागि नीतिगत तथा व्यवस्थापकीय सहजीकरण आयोगको उच्च प्राथमिकतामा रहेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको तयारी अघि बढिसकेको जानकारी दिए ।भदौ २३ र २४ गते भएका प्रदर्शनका कारण प्रहरीको मनोबलमा असर परेको विश्लेषण गर्दै बैठकमा सशस्त्र प्रहरी र सेनालाई समेत सुरुवातबाटै फिल्डमा उतार्नुपर्ने साझा धारणा बनेको थियो ।
निर्वाचन आयुक्त सगुनशमशेर जबराले नागरिकको सुरक्षाप्रति आत्मविश्वास बढाउन र सुरक्षा निकायबीचको समन्वय बलियो बनाउन तत्काल एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरिने बताएका छन् ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री