भावनामा बगेर दोहोरो नागकिरता दिनु हुँदैनः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकता स्वीकार नगरेको स्पष्ट पार्नुभएको छ।सोमवार प्रतिनिधि सभामा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक – २०८१ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गैरआवासीय नेपालीलाई नेपाली नागरिकतासँग फरक, तर सहुलियतपूर्ण नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो।
नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मूलका व्यक्तिलाई मात्र गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था रहेको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधान स्वीकार गरेको छैन। यसकारण, हामीले बुझ्नुपर्ने कुरा के भने गैरआवासीय नागरिकता प्राप्त व्यक्तिको कुरा गर्दा त्यसलाई सामान्य नागरिकता जस्तै नहेर्नु पर्छ।
यो उनीहरूको नागरिकता हाम्रो जस्तो सामान्य होइन, बरु यो फरक भएकोले सहुलियतको रूपमा उनीहरूलाई गैरआवासीय नागरिकता प्रदान गरिएको हो।सञ्चारमन्त्री गुरुङले विदेशमा बसोबास गर्ने नेपाली मूलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था पनि गरिएको जानकारी दिनुभयो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित, सुदूरपश्चिम रोयल्स फेरि फाइनलमा
- राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र
- पाल्पा–१ मा कांग्रेसको एउटै भरोसा: सन्दीप राना मात्र सिफारिस
- प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने
- मंगलबार सुन घट्यो, चाँदी बढ्यो