डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछुः हितेन्द्रदेव शाक्य

खोज समाचार
खोज समाचार
2025 March 25, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 230 जनाले हेरेका छन्।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार अब हितेन्द्रदेव शाक्यले सम्हाल्नुभएको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मंगलबार साँझ शाक्यले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको हो। नयाँ जिम्मेवारीको शुरुवातसँगै शाक्यले आफूलाई
डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछुः हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार अब हितेन्द्रदेव शाक्यले सम्हाल्नुभएको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मंगलबार साँझ शाक्यले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको हो।

नयाँ जिम्मेवारीको शुरुवातसँगै शाक्यले आफूलाई पुनः नियुक्ति गरेपछि न्याय प्राप्त भएको महसुस गरेको बताउनुभयो। उहाँले आफ्नो लामो अनुभव र दक्षतालाई अब नयाँ जोश र प्रतिबद्धतासाथ अघि बढाउने विचार व्यक्त गर्नुभयो।

शाक्यले विद्युत क्षेत्रका विभिन्न चुनौतीहरूको बारेमा चर्चा गर्दै भने,  बाहिर सबै कुरा ठीक देखिन्छ, तर भित्रका समस्या अझै समाधान हुन बाँकी छन्। यसलाई सबैको समन्वय र सहकार्यबाट समाधान गर्न आवश्यक छ।  उहाँले संस्थाको हितलाई प्राथमिकता दिने र व्यक्तिगत लाभभन्दा पनि संगठनको भलाईमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, लोडसेडिङको विषयमा उहाँले भने,  लोडसेडिङ अब केवल हल्ला मात्रै हो, यसलाई पुनः घटाउनका लागि हामी प्रतिवद्ध छौं। उद्योग र व्यापारका क्षेत्रमा हुने लोडसेडिङलाई कम गर्ने दिशामा पनि प्रयास गरिनेछ।

शाक्यले आगामी कार्यकालमा डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक र निष्पक्ष तरिकाबाट गर्ने र यस प्रक्रियामा सबैलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: