संस्कृति: हाम्रो जीवनको जीवित सङ्ग्रहालय — मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली समाजमा सांस्कृतिक चेतनाको विकासमा कलाकार र स्रष्टाहरूको योगदान अमूल्य रहेको बताएका छन्। चर्चित गायक अरुण थापाको २६ औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली संस्कृति कुनै केवल परम्पराको विषय नभई सामाजिक चेतना र जीवनशैलीसँग जोडिएको जीवित प्रणाली भएको बताए।
“संस्कृति हाम्रा भावना, पहिचान र जीवन दृष्टिकोणको समग्र प्रतिबिम्ब हो,” मन्त्री पाण्डेले भने, “नेपालमा भाषा, भेषभूषा, रीतिरिवाजको विविधता हाम्रो असली शक्ति हो। हामी यो विविधतालाई संरक्षण गर्दै अगाडि बढ्नुपर्छ।” उनले नेपालको बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई प्रस्ट पार्दै हाल देशभर १३१ भाषा बोलिने जानकारी दिए। मन्त्री पाण्डेले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गरे।
उनका अनुसार अहिलेसम्म १०५ वटा अभौतिक सम्पदाका सूचीकरणका लागि निवेदनहरू प्राप्त भइसकेका छन्। संस्कृति नीति निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री पाण्डेले देउडा, कौणा, जातीय नृत्यहरूलाई राष्ट्रिय पहिचानका रुपमा उभ्याउने कार्य थालिएको बताए। “हाम्रा मौलिक सांस्कृतिक स्वरूपलाई राष्ट्रिय ढाँचामा समेट्ने दिशामा नीति निर्माण अघि बढिरहेको छ,” उनले स्पष्ट पारे।
कार्यक्रममा मगर समुदायको सांस्कृतिक क्षेत्रमा विशेष योगदान पुर्याउने स्रष्टा प्रेमबहादुर थापालाई सम्मान गरिएको थियो। मन्त्री पाण्डेले यस्ता सम्मान र स्मरणीय कार्यक्रमहरूले नयाँ पुस्तामा सांस्कृतिक चेतना फैलाउने विश्वास व्यक्त गरे। यस अवसरमा उपस्थित विभिन्न स्रष्टाहरू, कलाकार, संस्कृति अभियन्ता र समुदाय प्रतिनिधिहरूले पनि नेपाली मौलिक संस्कृति संरक्षणका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री