नेकपा महासचिव विप्लव समाजवादी मोर्चाबाट अलग
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन्। लामो समयदेखि राजनीतिक एकता र मोर्चाबन्दीको प्रयासमा सहभागी रहँदै आएका विप्लवले अब मोर्चाको वर्तमान स्वरूपले उद्देश्य पूरा गर्न नसकेको बताएका हुन्।
२०७९ सालमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो। त्यसबेला राष्ट्रिय स्वाधीनता, जनजिविकाको संरक्षण र भ्रष्टाचारविरुद्ध संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरिएको थियो।
तर विप्लवका अनुसार, समयक्रममा तीन पार्टीहरू एकीकृत भई नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि मोर्चाको अस्तित्वको औचित्य हराएको छ। उनले भने, “हामीले सुरुमा ठूलो लक्ष्यसहित मोर्चा बनाएका थियौं, तर त्यो गति कायम राख्न सकेनौं।”
जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक धारणा र शक्ति सन्तुलनमा ठूला परिवर्तन आएको भन्दै विप्लवले नयाँ प्रकारको बहस र एकताको आवश्यकता औंल्याएका छन्। उनका अनुसार, पुरानो मोर्चा अब प्रभावकारी रहँदैन, त्यसैले नेकपाले नयाँ दिशा लिएको हो। उनले भने, “देशको परिस्थितिले नयाँ सोच र मोर्चाबन्दी माग गर्छ। अहिलेको अवस्थामा समाजवादी मोर्चा जारी राख्नु औचित्यपूर्ण छैन, त्यसैले हामी अलग भएका हौं।”
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- रिजालको प्रस्ताव: चार महिनाका लागि कांग्रेस नेतृत्व दुई महामन्त्रीलाई देऊ
- सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, नयाँ दर कति पुगेको छ?
- निर्वाचन आयोगको तथ्यांकः देशभर थपिए २ लाख ९ हजार नयाँ मतदाता
- स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो, चाँदी पनि महँगिँदै
- प्रकाश शाह एमालेबाट अलग भएर प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा