कांग्रेसमा महाधिवेशन कार्यतालिकाबारे मतभेद, आइतबारदेखि पुनः बैठक
काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पुनः बस्ने भएको छ। पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आगामी महाधिवेशनको कार्यतालिकाबारे अन्तिम निर्णय गर्ने प्रयास हुनेछ। शुक्रबार सुरु हुने भनिएको बैठक कार्यतालिका विवादका कारण स्थगित गरिएको थियो। त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा शनिबार पदाधिकारी बैठक बसे पनि सहमति बन्न सकेन।
बैठकमा दुई धार स्पष्ट देखिएका छन्—एक पक्षले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेको छ भने अर्को पक्षले चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। महामन्त्री विश्वप्रकाश शर्माले पुसमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेपछि महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले समर्थन जनाएका छन्।
तर सभापति शेरबहादुर देउवा पक्षले स्थानीय तह र संघीय निर्वाचनको तयारीलाई देखाउँदै वैशाख अन्त्य उपयुक्त हुने तर्क राखेको छ। आज बिहानै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने र त्यसपछि कार्यसमिति बैठक जारी रहने जनाइएको छ। यसैबीच, विशेष महाधिवेशनको माग गर्दै १४औं महाधिवेशनका ४७४३ प्रतिनिधिमध्ये २४८८ जनाले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेका छन्।
पार्टी विधानअनुसार, यस्तो माग परेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। तर अधिकांश पदाधिकारीहरू नियमित महाधिवेशन नै गर्ने पक्षमा छन्, जसले पार्टीका सबै तहको नेतृत्व पुनर्गठन गर्ने अवसर दिने विश्वास राख्छन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री