राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय

खोज समाचार
खोज समाचार
2025 March 28, Friday
📊 यो समाचारलाई अहिलेसम्म 311 जनाले हेरेका छन्।
गृह मन्त्रालयले राजावादी आन्दोलनलाई विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ। शुक्रवार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट गरिएको होइन भन्ने कारण सरकार आगामी
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय

गृह मन्त्रालयले राजावादी आन्दोलनलाई विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ। शुक्रवार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट गरिएको होइन भन्ने कारण सरकार आगामी दिनमा संयमित भएर नबस्ने बताउनुभयो।

उहाँले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताउनुभयो। आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनु पर्ने उहाँको भनाइ छ। उहाँले हिंसात्मक र लुटपाटको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताउनुभयो। उहाँका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मी सहित ३० जना घाइते भएका छन्।

त्यस्तै एक जनाको मृत्यु भएको छ। भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, हामीलाई प्राप्त जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मुलतः उहाँ नै आजका घटनाप्रति जिम्मेवार हुनुहुन्छ। र आज जति पनि क्षति भएको छ, यो क्षतिको पूर्ण जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँले लिनुपर्छ। मान्छेहरू तत्काल पक्राउ पर्लान र छुटिहाल्छन् भन्ने स्थिति छैन।

अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार १५ जना सुरक्षाकर्मी घाइते हुनु भएको छ। प्रदर्शनकारीको तर्फबाट समेत १५ जना घाइते हुनु भएको छ। भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन। तीनकुने क्षेत्रमा धेरै व्यक्तिहरुको घरमा ढुंगामुडा भएको छ। केही सरकारी सवारी साधनमा समेत आगजनी भएको छ। जडिबुटिमा रहेको जडिबुटि प्रोधन केन्द्रको कम्पनीमा पनि आगजनी भएको छ। यो एकदमै अमर्यादित र अमानवीय कार्य हो। यस्तै भएको अवस्थामा सरकार आगामी दिनमा संयमित भएर बस्दैन।

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य भन्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक कार्य गर्ने र गराउने प्रदर्शनका आयोजकलाई पूर्ण रूपमा जिम्मेवार ठान्दै उक्त घटनाप्रति कडा विरोध जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: