धनकुटा बस दुर्घटना: एकको मृत्यु, १४ घाइते | Khoj Samachar

खोज समाचार
खोज समाचार
2025 May 5, Monday
📊 यो समाचारलाई अहिलेसम्म 1304 जनाले हेरेका छन्।
धरानबाट धनकुटा हुँदै भोजपुर जाँदै गरेको यात्रुवाहक बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज (सोमबार) बिहान १०:१५ बजे धनकुटा नगरपालिका–६ स्थित कोशी
धनकुटा बस दुर्घटना: एकको मृत्यु, १४ घाइते | Khoj Samachar

धरानबाट धनकुटा हुँदै भोजपुर जाँदै गरेको यात्रुवाहक बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज (सोमबार) बिहान १०:१५ बजे धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्ग खण्डमा सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा परेर घाइते भएकामध्ये उपचारको क्रममा धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको मृत्यु भएको हो। अन्य १३ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा लगिएको छ। बसमा रहेका घाइतेहरू विभिन्न स्थानका रहेका छन्: सूर्यमणि तामाङ – षडानन्द नपा–१३, भोजपुर, अनमोल तामाङ – षडानन्द नपा, भोजपुर, कृष्ण राउत – बराहक्षेत्र नपा–२, सुनसरी, रुद्र तामाङ (बस चालक) – धरान उपमहानगरपालिका–१३, सुनसरी, गङ्गाप्रसाद सापकोटा – पौवादुङ्मा गापा–३, भोजपुर, सविना बराइली – भोजपुर नपा–११, देवी टविक – भोजपुर नपा–११, हंशबहादुर राई – साँगुरीगढी गापा–६, धनकुटा, कापुर्णमाया तामाङ – षडानन्द नपा–११, भोजपुर, लिलाबहादुर श्रेष्ठ – भोजपुर नपा–११, दीर्घमाया राई – साँगुरीगढी गापा–६, धनकुटा, आयुष राई – इटहरी, धनकुमार विक – धनकुटा–६

दुर्घटनाको कारण खुल्न बाँकी भए पनि तीव्र गतिका कारण बस अनियन्त्रित भई सडकबाट तल खसेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: