भीमफेदी सडक खण्डमा माइक्रोबस दुर्घटना: पाँच जना घाइते, चालक नियन्त्रणमा

खोज समाचार
खोज समाचार
2025 July 4, Friday
📊 यो समाचारलाई अहिलेसम्म 456 जनाले हेरेका छन्।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २, रातमाटे क्षेत्र नजिकै भीमफेदीबाट काठमाडौं तर्फ जाने मुख्य सडकमा आज एउटा माइक्रोबस दुर्घटना भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको गाडी घुम्ती सडकमा नियन्त्रण गुमाएर करिब १५ मिटर तल खसेको प्रहरीले
भीमफेदी सडक खण्डमा माइक्रोबस दुर्घटना: पाँच जना घाइते, चालक नियन्त्रणमा

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २, रातमाटे क्षेत्र नजिकै भीमफेदीबाट काठमाडौं तर्फ जाने मुख्य सडकमा आज एउटा माइक्रोबस दुर्घटना भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको गाडी घुम्ती सडकमा नियन्त्रण गुमाएर करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडीमा सवार १० मध्ये पाँच जना घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालले चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए। चालक २२ वर्षीय राजाराम साह बाराको परमाणीपूर गाउँपालिका-२ का हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: