सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, नयाँ दर कति पुगेको छ?
📊 यो समाचारलाई अहिलेसम्म 46 जनाले हेरेका छन्।
लगातार बढ्दै आएको सुनको मूल्य बुधबार घटेर प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा झरेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ।
काठमाडौँ — लगातार बढ्दै आएको सुनको मूल्यमा बुधबार भने हल्का गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ थियो।
सुन घटेपनि चाँदीमा भने सानो वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार एक सय ७५ रुपैयाँ पुगेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- रिजालको प्रस्ताव: चार महिनाका लागि कांग्रेस नेतृत्व दुई महामन्त्रीलाई देऊ
- नेकपा महासचिव विप्लव समाजवादी मोर्चाबाट अलग
- निर्वाचन आयोगको तथ्यांकः देशभर थपिए २ लाख ९ हजार नयाँ मतदाता
- स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो, चाँदी पनि महँगिँदै
- प्रकाश शाह एमालेबाट अलग भएर प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा