स्थानीय तहमा सहकार्यको भावना हराउँदै, एमालेमाथि निधीको गम्भीर आरोप”

Roshan Shrestha
Roshan Shrestha
2025 July 5, Saturday
📊 यो समाचारलाई अहिलेसम्म 419 जनाले हेरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद विमलेन्द्र निधीले स्थानीय सरकार सञ्चालनमा सहकार्यको भावना कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। शनिबार जनकपुरमा पार्टीका कार्यकर्ता तथा नेतासँगको भेटघाटको क्रममा उनले स्थानीय तहमा देखिएको राजनीतिक प्रतिस्पर्धा र असहकार्यको प्रवृत्तिबाट विकास
स्थानीय तहमा सहकार्यको भावना हराउँदै, एमालेमाथि निधीको गम्भीर आरोप”

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद विमलेन्द्र निधीले स्थानीय सरकार सञ्चालनमा सहकार्यको भावना कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। शनिबार जनकपुरमा पार्टीका कार्यकर्ता तथा नेतासँगको भेटघाटको क्रममा उनले स्थानीय तहमा देखिएको राजनीतिक प्रतिस्पर्धा र असहकार्यको प्रवृत्तिबाट विकास प्रक्रिया प्रभावित भएको बताएका हुन्।

उनले विशेष गरी नेकपा एमालेप्रति लक्षित गर्दै केही नगरपालिकामा बजेट पारित गर्ने प्रक्रियामा समेत अनावश्यक अवरोध गरिरहेको आरोप लगाए। “कुनै नगरपालिकामा मेयरको अधिकार कटौती गर्ने खालका कार्यविधि ल्याएर अवरोध सिर्जना गरिँदैछ,” निधीले भने, “सामूहिक निर्णय प्रक्रियालाई बेवास्ता गरिँदैछ, जुन खेदजनक छ।”

निधीले नारायण नगरपालिका उदाहरण दिँदै, त्यहाँ नगरसभाको बैठक समेत सञ्चालन हुन नदिएको बताएका छन्। उनले यो कार्यशैलीलाई न्यूनतम राजनीतिक शिष्टाचारको उल्लङ्घनको संज्ञा दिएका छन्। “प्रधानमन्त्रीको अधिकार सीमित गर्ने नियम बनाउँदा स्विकृति दिन सक्ने दलहरू स्थानीय तहमा भने मेयरको अधिकार कटौती गर्न उद्यत छन्,” उनले कटाक्ष गरे।

कांग्रेस नेताले यस्तो व्यवहार सत्ता साझेदारीमा रहने दलबीचको आपसी विश्वास र सहकार्यको भावना कमजोर बनाउने चेतावनी दिए। उनले कांग्रेस सधैँ सहमति, समन्वय र साझा प्रयासमा विश्वास गर्ने पार्टी भएको जिकिर गरे। त्यसैगरी, निधीले योजनामा व्यक्तिगत वा दलगत प्रतिशोध मिसाउने चलनले दीर्घकालीन विकासका कार्यक्रमहरू अवरुद्ध गरिरहेको भन्दै सबै पक्षलाई गम्भीर आत्ममुल्यांकन गर्न आग्रह गरे।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: