एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल
एएफसी महिला एसिया कप २०२६ को छनोट चरण अन्तर्गत समूह ‘एफ’ मा आज नेपालले घरेलु टोली उज्बेकिस्तानसँग निर्णायक भिडन्त गर्ने छ। शनिबार राति ९:१५ बजे उज्बेकिस्तानको तास्केन्तमा हुने यस खेलमा नेपालले आफ्नो एएफसी महिला कपमा स्थान सुनिश्चित गर्न भिडन्त गर्नेछ। यो समुहको अवस्था निकै रोचक छ। नेपालले अघिल्ला दुई खेलमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली प्रदर्शन देखाएको छ।
त्यस्तै, उज्बेकिस्तानले पनि श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराउँदै समान ६ अंक जोडेको छ। दुबै टोलीले समान ६ अंक र समान गोल अन्तर (१७ गोल) बनाएको हुँदा शनिबारको खेल अत्यन्तै निर्णायक हुनेछ। समूहबाट केवल एक टोलीले एसियन कपको मुख्य चरणमा स्थान बनाउने भएकाले यो खेलको परिणामले ठूलो महत्त्व राख्ने छ।
यदि खेल बराबरीमा सकिन्छ भने, एएफसीका नियमअनुसार विजेता टिम पेनाल्टी सुटआउट मार्फत निर्धारण गरिनेछ, किनभने दुवै टोली हेड टु हेड र अन्य सबै मापदण्डमा बराबर छन्। फिफा महिला टोली वरीयता अनुसार उज्बेकिस्तान नेपालभन्दा एक कदम अगाडि छ। उज्बेकिस्तान ५१औं र नेपाल १००औं स्थानमा रहेको छ। इतिहासमा पनि उज्बेकिस्तानले नेपालमाथि दबदबा कायम गरेको छ।
पछिल्ला तीन खेलमा उज्बेकिस्तानले नेपाललाई पराजित गरेको छ र कुल ११ गोल गरेको छ भने नेपालले मात्र ३ गोल फर्काएको छ। सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा दुई पटक नेपाल र उज्बेकिस्तान भिडेका थिए। त्यहाँ समूह चरणमा नेपाल २–० ले र फाइनलमा ३–२ ले पराजित भएको थियो।
तर, यो पटक घरेलु मैदानको फाइदा र अनुभवी टोली भएको उज्बेकिस्तानलाई चुनौती दिने प्रयासमा नेपाली टोली तयार छ। उज्बेकिस्तान पाँच पटक एसियन कप खेलिसकेको र आगामी २०२९ मा महिला एसियन कपको आयोजना गर्ने राष्ट्र भएकाले यसपटक पनि उनीहरूको प्रदर्शन कडा हुनेछ। नेपालले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै इतिहासमा नयाँ अध्याय लेख्ने उद्देश्यले उज्बेकिस्तानसँग भिड्ने छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- रूकुम पश्चिममा माओवादीकालीन सम्पत्ति अब प्रलोपा र नेकपामा हिस्साबन्दी
- आइतबार बजारमा सुन घट्यो, चाँदी बढ्यो
- रुकुम पश्चिममा जनार्दन शर्मा विरुद्ध नेकपा निकट समूहको कालो झण्डा प्रदर्शन
- एमाले महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धाको संकेत, बाँस्कोटाको कडा चेतावनी: यसलाई परम्परा बन्न नदिऊँ
- प्रतिनिधि सभा चुनावः समानुपातिकतर्फ दल दर्ता प्रक्रिया आजबाट सुरू