नेपालको भूमिबारे भारत–चीन सम्झौतामा सरकार स्पष्ट कूटनीतिक जवाफ देओस् : सांसद ढुंगाना

खोज समाचार
खोज समाचार
2025 August 22, Friday
📊 यो समाचारलाई अहिलेसम्म 396 जनाले हेरेका छन्।
सांसद आनन्दप्रसाद ढुंगानाले भारत–चीनबीच लिपुलेकमार्ग खोल्ने सम्झौता नेपालका लागि दुःखद भएको भन्दै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।
नेपालको भूमिबारे भारत–चीन सम्झौतामा सरकार स्पष्ट कूटनीतिक जवाफ देओस् : सांसद ढुंगाना

काठमाडौं — नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले भारत र चीनबीच नेपालको सहमति विना लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयलाई गम्भीर त्रुटि र नेपालका लागि दुःखद विषय भएको बताएका छन्। शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले चीनका विदेशमन्त्रीको भारत भ्रमणका क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमार्फत व्यापार गर्ने सहमति हुनु नेपालको भूमिस्वामित्वमाथि सीधा चुनौती भएको टिप्पणी गरे।

ढुंगानाले सरकारले यस विषयमा तत्काल स्पष्ट र ठोस कूटनीतिक प्रतिक्रिया दिनुपर्ने बताए। उनले स्मरण गराए कि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि भारतलाई कूटनीतिक नोटमार्फत सो क्षेत्र नेपालको हो भन्ने अडान राखेका थिए। “नेपालको नक्सा जारी गरिसकिएको छ, अब सरकारको जिम्मेवारी हो कि भारत र चीन दुवैसँग प्रस्ट रुपमा आफ्नो अधिकार प्रस्तुत गरोस्,” उनले भने।

त्यस अवसरमा सांसद ढुंगानाले नेपालमा जनताले अपेक्षा गरेजस्तो संघीयता कार्यान्वयन हुन नसकेको गुनासो पनि गरे। उनले संघीयता कानुनीरूपमा लागू भए पनि व्यवहारमा यसको आत्मा अझै पूर्ण रूपमा देखा नपरेको टिप्पणी गरे।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: