ओलीको जवाफप्रति एमाले उपाध्यक्ष पाण्डेको प्रश्न — गोली कसले चलायो थाहा छैन भन्न मिल्दैन

खोज समाचार
खोज समाचार
2025 November 12, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 77 जनाले हेरेका छन्।
चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २३ गतेको गोलीकाण्डबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति असहमति जनाएका छन्। उनले “धरहरा मैले बनाएको भन्ने, तर गोली कसले चलायो थाहा छैन भन्ने प्रधानमन्त्रीको जवाफ अस्वीकार्य छ” भन्दै घटनाको पूर्ण छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
ओलीको जवाफप्रति एमाले उपाध्यक्ष पाण्डेको प्रश्न — गोली कसले चलायो थाहा छैन भन्न मिल्दैन

चितवन — नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कमाथि तीव्र प्रतिक्रिया जनाएका छन्। उनले भदौ २३ गतेको घटनामा कसले गोली चलायो भन्ने थाहा छैन भन्ने ओलीको अभिव्यक्तिलाई अस्वीकार्य बताए।

बुधबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले भने, “धरहरा मैले बनाएको भन्ने, तर गोली कसले चलायो थाहा छैन भन्न मिल्दैन। त्यो समयमा एमालेको नै सरकार थियो, जिम्मेवारी सरकारकै हुन्छ।” उनले घटनाको सम्पूर्ण छानबिन हुनुपर्ने र दोषी जो भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

पाण्डेले भदौ २४ गते देशभर भएका तोडफोड, लुटपाट र आगजनीका घटनाहरू पनि समान रूपमा निन्दनीय रहेको बताए। उनका अनुसार आन्दोलनको पहिलो दिनमै १९ जनाको ज्यान जानु नेपाल मात्र होइन, विश्वकै आन्दोलन इतिहासमा अस्वाभाविक घटना हो। “बंगलादेशमा समेत पहिलो दिन एक–दुई जनाको मृत्यु भएको इतिहास छ, तर हाम्रो आन्दोलनमा पहिलो दिनमै १९ जनाको ज्यान गयो, त्यो गलत हो,” उनले भने।

पाण्डेले आन्दोलनपछिका घटनाहरूमा देखिएको आगजनी र तोडफोडलाई देशकै अस्थिरताको संकेतका रूपमा लिए। उनले प्रश्न गरे, “सिंहदरबार, सर्वोच्च अदालत, मानिसका घर जलाउन पाइन्छ? यदि कानुनको शासन हुँदैन भने देश कसरी चल्छ?” उनका अनुसार, आन्दोलनका नाममा लुटपाट र हिंसाको प्रवृत्तिलाई रोक्न राज्य संयन्त्रले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: