म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना
📊 यो समाचारलाई अहिलेसम्म 2557 जनाले हेरेका छन्।
धनगढी, चैत ११ म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढीस्थित नवजीवन अस्पताललाई कारबाही गरिएको छ । अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको उजुरी परेपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर अस्पताललाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो
धनगढी, चैत ११
म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढीस्थित नवजीवन अस्पताललाई कारबाही गरिएको छ ।
अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको उजुरी परेपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर अस्पताललाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।
अस्पताललाई सचेत गराउदै दुई लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललितप्रसाद पन्तले बताए । अस्पतालले पनि म्याद गुज्रिएको औषधि बिक्री भएको स्वीकार गरेको छ ।