देशभर पश्चिमी वायुको आंशिक प्रभाव, सतर्कता अपनाउन आग्रह

Roshan Shrestha
Roshan Shrestha
2024 November 20, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 1668 जनाले हेरेका छन्।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। आज दिउँसो कोशी,
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, सतर्कता अपनाउन आग्रह

देशभर पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। यस क्रममा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले हल्का वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: