चीनको तिब्बतमा ७ रेक्टरको भूकम्प, नेपालमा पनि महसुस
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा आज बिहान ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा बिहान ६:५० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
दिङ्गे काउन्टी नेपालको सङ्खुवासभा, ताप्लेजुङ तथा भारतको सिक्किमसँग सीमा जोडिएको क्षेत्र हो। काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, भोजपुर, धनकुटा, ताप्लेजुङ लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण त्रसित हुँदै घरबाहिर निस्किएका थिए। वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिङ्गे काउन्टी नेपालको पूर्वी सीमाबाट करिब १०० किलोमिटर उत्तरतर्फ पर्दछ।
२०७२ साल वैशाख १२ मा गोरखा केन्द्रबिन्दु भएर आएको ७.६ रेक्टरको विनाशकारी भूकम्पसँग तुलनात्मक रूपमा यो भूकम्प पनि शक्तिशाली हो। पछिल्लो समय पश्चिम नेपालमा स–साना भूकम्पहरू आइरहेको र सतर्कता अपनाउन आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री