आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

Roshan Shrestha
Roshan Shrestha
2022 March 24, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 1605 जनाले हेरेका छन्।
एजेन्सी रुसले युक्रेनसँगको युद्दमा आणविक हतियार प्रयोग गर्ने अधिकार कायम राख्ने चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिकाका लागि उप–राजदुत रहेका दिमित्री पोल्यान्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले उक्साएको खण्डमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने अधिकार कायमनै
आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

एजेन्सी
रुसले युक्रेनसँगको युद्दमा आणविक हतियार प्रयोग गर्ने अधिकार कायम राख्ने चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिकाका लागि उप–राजदुत रहेका दिमित्री पोल्यान्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले उक्साएको खण्डमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने अधिकार कायमनै राख्ने चेतावनी दिएका हुन् ।

पोल्यान्स्कीले रुसले युक्रेनविरुद्द युद्द अपराध गरेको भन्ने आरोपलाई पनि बहिष्कार गरेका छन् । हालै मात्र रुसी राष्ट्रपती पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले सिएनएनलाई दिएको एक अन्तवार्तामा रुसले अस्तित्व माथि खतरा महसुस गरेको खण्डमा मात्र आणविक हतियार प्रयोग गर्ने बताएका थिए ।

‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ, र यो सार्वजनिक छ। आणविक हतियारहरू प्रयोग गर्नुको सबै कारणहरू पढ्न सक्नुहुन्छ, यदि यो हाम्रो देशको लागि अस्तित्वको खतरा महशुस भयो भने यसलाई हाम्रो अवधारणा अनुसार प्रयोग गर्न सकिन्छ।’ पास्कोभको भनाई थियो ।

आणविक हतियारको सन्धर्वमा रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा देशको रणनीतिक तथा आणविक बलहरू उच्च सतर्कतामा राखिएको दाबी गरेका थिए । जसका कारण विश्वसमुदायमा तरगं उत्पन्न भएको थियो ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: